Smart Sawari को बारेमा
Smart Sawari नेपालमा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको तयारी गर्नेहरूका लागि निःशुल्क र स्वतन्त्र सिकाइ मञ्च हो। यो वेबसाइट र एन्ड्रोइड एप दुवै रूपमा उपलब्ध छ।
यहाँ के गर्न सकिन्छ
- सवारी श्रेणीअनुसार प्रश्नको अभ्यास, सही उत्तर र छोटो व्याख्यासहित।
- समयसहितको वास्तविक परीक्षा जस्तै नमुना परीक्षा र ट्रायल टेस्ट, नतिजा र उत्तर समीक्षासहित।
- ट्राफिक संकेत, भिडियो पाठ, लाइसेन्स गाइड र आँखा तथा रङ पहिचान अभ्यास सिक्नुहोस्।
- यातायात निकायले प्रकाशन गरेको सूचीसँग आफ्नो लाइसेन्स प्रिन्ट जाँच्नुहोस्।
- यातायात विभाग, मन्त्रालय र यातायात कार्यालयका कार्यालय र आधिकारिक वेबसाइट तथा तिनले प्रकाशन गरेका सूचना एकै ठाउँमा हेर्नुहोस्।
हामी को हौँ, को होइनौँ
हामी स्वतन्त्र शैक्षिक सेवा हौँ। हामी यातायात व्यवस्था विभाग, यातायात कार्यालय वा कुनै सरकारी निकाय होइनौँ; हामी लाइसेन्स जारी गर्दैनौँ, परीक्षा तय गर्दैनौँ र कुनै सरकारी सेवाको शुल्क लिँदैनौँ। आधिकारिक कुराका लागि सधैँ आधिकारिक कार्यालय र पोर्टल नै प्रयोग गर्नुहोस्।
हाम्रो प्रतिबद्धता
- निःशुल्क प्रयोग, खाता वा साइन-अप आवश्यक छैन।
- तपाईंको व्यक्तिगत प्रोफाइल बनाइँदैन। के–के विवरण सञ्चालन हुन्छ भन्ने कुरा गोपनीयता नीतिमा छ।
- आधिकारिक सूचना प्रकाशन गर्ने कार्यालयको नामसहित स्पष्ट देखाइन्छ।
सम्पर्क
प्रश्न, सच्याउनुपर्ने कुरा वा सुझाव: kavrely.panta@gmail.com। फोन: 9856071477।